ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई कम्बल वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १३ माघ/
वीरगंज महानगरपालिका–५ वडा कार्यालयले शनिवार वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गहरूलाई कम्बल, वाकर, लौरो वितरण गरेको वडाध्यक्ष प्रदीप चौरसियाले बताए ।

उनले ज्येष्ठ नागरिक सम्मान, हाम्रो अभियान अन्तर्गत सिर्जनशील आमा समूहको सहकार्यमा वडामा रहेका ६८ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई कम्बल र लौरो, अपाङ्गहरूलाई वाकर र कम्बल तथा एकल महिलाहरूलाई कम्बल वितरण गरिएको बताए ।

नगरप्रमुख राजेशमान सिंहले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गहरूलाई सो सामग्री वितरण गरेका थिए । वडाध्यक्ष चौरसियाले २३० जनालाई वितरण गर्ने लक्ष्य रहेकामा १९८ जना सहभागी भएका र सहभागी नभएकाहरूको घरघरमा पुगेर बाँड्ने बताए ।

कार्यक्रममा पत्रकार ईश्वरचन्द्र गौतम, ज्येष्ठ नागरिक बाबुजान अलि, सिर्जनशील आमा समूहकी जुली श्रेष्ठ, वडा सदस्यहरू रूस्तम अलि, मनोज साह, मञ्जु परियारलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण श्याम केसीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।