भौतिकवादीहरूको जिल्ला भेला

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १३ माघ/
भौतिकवादी समाज नेपालको प्रथम पर्सा जिल्ला भेला शनिवार सम्पन्न भएको छ । केन्द्रीय सदस्य प्रेम यादवको अध्यक्षतामा भएको भेलाले दिवाकर चौधरी दहितको अध्यक्षतामा नौ सदस्यीय आयोजक समिति गठन गरेको छ । समितिको सचिव रवीन्द्र रायभर, कोषाध्यक्ष नारद रेवानी र सदस्यहरू साजन यादव, अनीता परियारलगायत छन् । यसअघि भेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष बैधनाथ श्रमजीवीले जनसङ्ख्याको आधारमा संसारको तेस्रो शक्तिको रूपमा भौतिकवादीहरू रहेको दाबी गरे । उनले दलाल पूँजीवादी व्यवस्थाले उत्पन्न गरेको जीवनसँग जोडिएका गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यमा व्यापक लापरवाहीले गर्दा अध्यात्मवादभन्दा भौतिकवादतर्फ जनआकर्षण बढ्दै गएको दाबी गरे ।

केन्द्रीय सदस्य उमेश साहको अध्यक्षतामा भएको भेलामा केस भागीरथी प्रकृतिले आजको महिला र भौतिकवादी समाजबारेमा प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।