प्रस, पर्सागढी, १३ माघ/
पर्सागढी नगरपालिका–४ सबैयास्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थामा गएराति चोरी भएको छ ।
संस्थाको मेनगेटको ताल्चा तोडिएको अवस्थामा देखेका लेखापाल सञ्जय परियारले प्रहरी चौकी बडनिहारमा खबर गरेका थिए । प्रहरीले अनुसन्धानबाट चोरहरूले पहिला स्थानीय वर्कशपमा चोरी गरी ताला फुटाएर हथौडा, छेनी, रड चोरी गरेको र पछि सहकारीको गेट तोडेर चोरी गरेको देखिएको छ ।
लेखापाल परियारले नगद चोरी नभएको तर कागजातहरू भने यत्रतत्र छरेर नोक्सानी पु-याएको बताए । प्रहरीले सहकारीबाट चोरले लेथबाट चोरी गरिएका औजार र कपडाहरू बरामद गरेको छ । प्रहरीले चोरीको उद्देश्य र चोरहरूबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।