सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नयाँ दिल्ली, १२ माघ/एएनआई
भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५औं गणतन्त्र दिवसको अवसरमा कर्तव्यपथमा राष्ट्रिय झन्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गरिन् ।

सन् १९४७ अगस्त १५ मा भारतलाई स्वतन्त्र राष्ट्र घोषणा गरिएको भएपनि सन् १९५० जनवरी २६ मा संविधान जारी गरी भारतले आफूलाई सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक राज्य घोषणा गरेको थियो । यसै दिनको सम्झनामा हरेक वर्ष जनवरी २६ मा भारतमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

७५औं गणतन्त्र दिवसको अवसरमा आयोजित समारोह स्थलमा राष्ट्रपति मुर्मू र प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । उनीहरूलाई राष्ट्रपति मुर्मूका अङ्गरक्षकको सुरक्षा घेरामा राष्ट्रपति भवनतर्पm लगिएको थियो ।राष्ट्रपतिको अङ्गरक्षक भारतीय सेनाको सबैभन्दा शीर्षस्थ सैन्य एकाइ हो । गणतन्त्र दिवसमा यस शीर्षस्थ सैन्य एकाइको भूमिकालाई विशेष मानिन्छ किनकि यसको स्थापना सन् १७७३ मा भएको र सेवाको २५० वर्ष पूरा गरेको छ ।

राष्ट्रपतिका सुरक्षागार्डका कमान्डेन्ट कर्णेल अमित बर्वाल राष्ट्रपतिको बग्गीको दाहिनेतिर चढेर घोडसवारहरूको यो प्राचीन सैन्य एकाइको नेतृत्व गरेका थिए ।

समारोहमा राष्ट्रगान बजाइएको थियो र राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । भारत भ्रमण गरौं र प्रजातन्त्रकी जननी भारत भन्ने दुई नाराका साथ आयोजित समारोहमा चार दशकको अन्तरालपछि पुनरागमन भएको ‘परम्परागत बग्गी’ सवारीमा दुई राष्ट्रपतिलाई कर्तव्यपथबाट राष्ट्रपति कार्यालयतर्पm लगिएको थियो ।

यसपटकको सैन्य परेडमा पहिलोपटक महिला त्रिसैनिक दस्ताले भाग लिएको थियो भने १६ वटा राज्य र केन्द्र शासित प्रदेशले पनि सांस्कृतिक प्रस्तुति र झाँकीमार्पmत आफ्नो सम्पदा विविधता प्रदर्शन गरेका थिए ।

यसअघि परेडमा फ्रान्सेली सेनाको एक टुकडीले पनि भाग लिएको थियो । सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित आयोजित समारोह शुक्रवार नै समापन भएको छ ।

भारतको सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनपछि कर्तव्यपथमा सैन्य प्रदर्शनसहित राष्ट्रपति मुर्मू र गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि तथा उनका फ्रान्सेली समकक्षी म्याक्रोंलाई राष्ट्रपति भवनतर्पm लगेपछि गणतन्त्र दिवसको औपचारिक समारोह सम्पन्न भएको हो ।

गणतन्त्र दिवसका अवसरमा शुक्रवार देशभरि र देशबाहिर रहेका कुटनीतिक नियोग तथा समुदायले पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका थिए । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।