प्रमोद यादव, पंचगावाँ, ११ माघ/
जङ्गली हात्तीले पटेर्वासुगौली गाउँपालिकामा आधा दर्जन स्थानीयको घर भत्काउनुका साथै खाद्यान्न नष्ट गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका–१ रामभौरीभाठाका श्यामसुन्दर महतो, रमेश चौधरी, सहदेव चौधरी र वडा नं ३ बस्ने ध्रुव सहनीको घर जङ्गली हात्तीले भत्काउनुका साथै अन्न खाएर नष्ट गरेको छ ।
त्यस्तै, हात्तीले वडा नं ३ स्थित रामजानकी मन्दिरको पर्खाल भत्काएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । यसैगरी, सखुवाप्रसौनी गापा–१ खजुरियामा बुधन यादवको गोठमा रहेको गाईलाई बाघले आक्रमण गरेर घाइते बनाएको छ ।