अत्यधिक चीसोले तोरी बाली भित्र्याउन समस्या

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बलिराम शुक्ला, बिरुवागुठी, ११ माघ/
पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा किसानले लगाएका तेलहन बाली तोरी भित्र्याउने समयमा शीतलहरका कारण अत्यधिक चीसो भएपछि समस्यामा परेका छन् । घाम नलागेको कारण किसानले तोरीबाली भित्र्याउन सकेका छैनन् ।

गत वर्ष राम्रो उत्पादन भएको तोरी यस वर्ष किसानहरूले बढी मात्रामा खेती गरेका थिए । तोरीको स्थानीय जातमा फल राम्रो लागेको भएपनि शीतलहरका कारण भित्र्याउन समस्या भएको हो ।

घाम लाग्ने आसमा तोरीको बोट उखेलेका किसानहरू शीतलहरका कारण खेतमैं थन्काइएको छ । घाम नलागेपछि दाइँ गर्न तथा हार्भेस्टर मेशीनको प्रयोग गर्न सकेका छैनन् । शीतलहरले तोरीमा ढुसी लाग्न थालेको र दानामा चिम्री पर्ने देखिएको छ । जसले गर्दा तेलको उत्पादनमा कमी आउने पर्सागढी नगरपालिका–३ का किसान दामोदरी दाहालले बताइन् ।

सखुवाप्रसौनी गाउँपालिका–१ निवासी हरि केसीले ढिलो पाक्ने विकासी जातको तोरीबालीमा पनि अत्यधिक चीसोका कारण फूल फुलेर कोसा लाग्ने समयमा पश्चिमी शीतलहरका कारण कोसामा दाना कम मात्रामा लाग्ने र लागेको दाना पनि पुष्ट नहुने समस्याले चिन्ता बढाएको बताए । पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौली, ठोरीलगायतका ग्रामीण भेगमा किसानहरूले ठूलो मात्रामा तोरीखेती गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।