रौतहटबाट ३२ जना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, ११ माघ/
आम जनता पार्टीद्वारा गरिएको मधेस बन्दको क्रममा रौतहटका विभिन्न स्थानबाट ३२ जना नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सडकमा टायर बालेर बन्द गराउन खोज्दा जिल्लाका विभिन्न स्थानबाट ३२ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका सूचना अधिकारी एलिजा गिरीले बताएकी छन् ।

रौतहटमा यातायात निर्बाधरूपमा सञ्चालनमा रहेको बताउँदै सूचना अधिकारी गिरीले मधेस बन्दको प्रभाव रौतहटमा न्यून रहेको बताइन् । गौर बजार पूणरूपमा खुला रहेको थियो भने मौलापुर बजार बन्द रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।