१०४ जना बन्दकर्ता पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जनकपुरधाम, ११ माघ/
आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् ।

बिहीवार बिहानैदेखि बन्द गराउँदै हिंडेका उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । धनुषाबाट ६७, रौतहटबाट ३२ र पर्साबाट पाँचजना पक्राउ परेको उनले बताए । आजपाले मधेस बन्द गरे पनि त्यसको खासै प्रभाव भने मधेसका जिल्लाहरूमा परेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।