प्रक्रिया नपु–याइ चेक काट्ने हाकिम अख्तियारको फन्दामा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जनकपुरधाम, २५ साउन/
आवश्यक प्रक्रिया नपु–याइ चेक काटेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख एवं उपप्रबन्धक रितेश गुप्ता पक्राउ परेका छन्।
गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको हो। भुक्तानीका लागि आवश्यक कागजातहरू स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन चेक काटेको र उक्त चेकहरू लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचना पाएपछि अख्तियारले कारबाई थालेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले गुप्ताको साथबाट एक करोड २४ लाख ९१ हजार १३५ रुपैयाँको हस्ताक्षर भइसकेका चेकहरू र स्वीकृत नभएका सोही चेकहरूसँग सम्बन्धित विभिन्न योजनाका कागजातहरू बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्।
प्रमुख उपप्रबन्धक गुप्तालाई चेक कागजात लिएर काठमाडौं जाने क्रममा शनिवार सिन्धुलीको कमलामाई नगरपालिका–९ बाट पक्राउ गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।