वीरगंजमा रामजानकी मन्दिरको प्राणप्रतिष्ठा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ८ माघ/
वीरगंज महानगर–१० घडीअर्वास्थित रामजानकी मन्दिरमा सोमवार भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गरिएको छ ।

वीरगंज महानगरको आयोजनामा आज स्थानीय समाजसेवी सोनालाल गुप्ताले राम भगवान्को प्रतिमाको प्रFणप्रतिष्ठा गरेका थिए । साढे सात दशकअघि निर्मित रामजानकी मन्दिर सर्वसाधारणको लागि खुला थिएन । नगरप्रमुख राजेशमान सिंहले केही महीनाअगाडि सो मन्दिर सर्वसाधारणको लागि खुला गर्नुका साथै आज त्यहाँ भगवान् रामको प्रतिमाको प्रFणप्रतिष्ठा गराएका हुन् ।

मन्दिरको प्रFणप्रतिष्ठाको लागि एक सातादेखि सो क्ष्Fेत्रमा सजावट गरिएको थियो । आज प्राणप्रतिष्ठासँगै नगरप्रमुख सिंहले मन्दिरमा पूजापाठ गरेका थिए भने सर्वसाधारणले पनि पूजापाठ गरे । प्रFणप्रतिष्ठाअघि झाँकीसहितको विशेष कलशयात्रा निकालिएको थियो । विभिन्न वडाहरूबाट निकालिएको कलशयात्रा रामजानकी मन्दिरमा एकीकृत भएर नगरपरिक्रमा गराइएको थियो ।

साँझ महाआरती, महाभण्डारासहित राति रामलीलाको आयोजना गरिएको थियो । यता, छिमेकी भारतको अयोध्यामा राममन्दिरको उद्घाटन, मूर्तिको प्रFणप्रतिष्ठा पनि आजै गरिएको र सो अवसरमा पर्सा जिल्लामा भव्यरूपमा पूजाअर्चनासहित झाँकीहरूको प्रदर्शनी गरिएको थियो । आज बिहानदेखि वीरगंज महानगरपालिकालगायत १४ वटै पालिकामा रहेका मन्दिर र केही बजारहरूमा पनि भगवान् रामलगायतको पूजाअर्चना गरिएको थियो ।

१४ वर्ष वनवास काटेर आजका दिन राम, सीता र लक्ष्मण अयोध्या पुगेको अवसरमा अयोध्यामा राममन्दिर र वीरगंजमा रामजानकी मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो ।

नरेश यादव, पर्सागढी/
पर्सागढी नगरपालिकाका विभिन्न वडाबाट आज शोभायात्रा निकालिएको थियो । अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा भएको खुशियालीमा पर्सागढी नगरपालिकामा विभिन्न धार्मिक कार्यक्रम, २४ घण्टे अष्ठयाम पनि शुरू भएको छ ।

गम्भीरा सहनी, जीतपुर/
भारतको अयोध्यामा राममन्दिर उद्घाटन र मूर्तिको प्राणप्रतिष्ठा भएको अवसरमा जीतपुरसिमरा उपमहानगरमा पनि शोभायात्रा निकालिएको थियो । जीतपुरसिमरा उपमनपामा विशाल शोभायात्रा निकालेर नगरपरिक्रमा गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।