गायत्री शक्तिपीठमा पाँच कुण्डीय महायज्ञ

0
58

नितेश कर्ण, वीरगंज, ८ माघ/
वीरगंज महानगरपालिका–१ स्थित वेदमाता गायत्री शक्तिपीठमा पाँच कुण्डीय महायज्ञ सम्पन्न भएको छ ।

अयोध्यामा रामललाको प्रतिमा प्राणप्रतिष्ठा भएको अवसरमा गायत्री शक्तिपीठमा पाँच कुण्डीय महायज्ञ आयोजना गरिएको हो । भारतको देवसंस्कृत विश्वविद्यालय शान्तिकुञ्ज, हरिद्वारबाट इन्टर्नशिप गर्न आएका विद्यार्थीहरू भाष्कर साहु, श्रुति कश्यप, सेफाली सिंहले आज गायत्री शक्तिपीठ वीरगंजमा महायज्ञ गरेको वेदमाता गायत्री शक्तिपीठका महासचिव छोटेलाल प्रसादले बताए ।

एक महीने इन्टर्नशिपका लागि आएका विद्यार्थीहरूले विभिन्न स्थानमा दीप/यज्ञ गराएको बताए ।गाउँगाउँमा पुगेर विद्यार्थीहरूले नशामुक्त अभियान, दाइजोप्रथा उन्मूलन, विद्यालयहरूमा योग, जीवनयापनको तरीकालगायतका विषयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको गायत्री शक्तिपीठका महासचिव छोटेलाल प्रसादले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here