मन्त्रीका कारण अस्पताल लथालिङ्ग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, ६ माघ/
प्रादेशिक अस्पताल गौरका अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति रौतहटका अध्यक्ष महमद अनवर हासिमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंहका कारण अस्पतालको अवस्था लथालिङ्ग भएको आरोप लगाएका छन् ।

अस्पताल भवनमा शनिवार पत्रकार सम्मेलन गरी अध्यक्ष हासिमले अस्पतालमा दुईजना प्रमुख पठाएका कारण बिरामीको उपचार गर्ने अस्पताल आफैं बिरामी परेको बताए । डा सञ्जीवकुमार सिंहलाई अस्पतालको प्रमुख बनाएर पठाए लगत्तै डा कृष्ण साहलाई पनि सोही पदमा पठाएपछि वादविवाद उत्पन्न भई अस्पताल अहिले लथालिङ्ग अवस्थामा रहेको उनले बताए ।

समयमा कर्मचारी तथा चिकित्सक नआउँदा बिरामीहरू फर्केर जाने गरेको उनले बताए । अस्पतालमा औषधिको अभाव रहेकाले बिरामीलाई औषधिसमेत दिन असमर्थ रहेको गुनासो पोखे । अस्पतालमा हुने जाँच त्यहाँ नगराइ चिकित्सकहरूले बिरामीलाई बाहिर पठाइ कमिशन लिने गरेको उनले आरोप लगाए ।

उनले अहिले बहालमा रहेका दुवैजना प्रमुखले मनोमानी ढङ्गले कागजी प्रक्रिया पु-याएर अनियमितता गरिरहेको आरोप पनि लगाए । अध्यक्ष हासिमले अक्सिजन प्लान्टमा पनि अनियमितता भएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।