बालविवाहसम्बन्धी अभिमुखीकरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ माघ/
पोखरिया नगरपालिकामा बालविवाहसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बालविवाह रोकथाममा पालिकास्तरीय सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे अन्तत्र्रिmयात्मक अभिमुखीकरण कार्यक्रमको गरिएको हो ।

पोखरिया नपाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले बालविवाह रोक्न अभिभावक, छात्रछात्रालाई प्रशिक्षण दिनुपर्ने बताए । उनले मधेस प्रदेशमा बालविवाह बढी हुने गरेको बताए ।

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवानले बालबालिकाको हकहितका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
युनिसेफ नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको सहयोगमा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसी, वडाध्यक्ष किशोरी साह, रेडक्रसका भगवानप्रसाद कुर्मी, कार्यपालिका सदस्य शिववचन महतो, शिक्षा प्रमुख वाल्मीकि साहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।