महालक्ष्मी सहकारीद्वारा बचतकर्ता र ऋणी सदस्यलाई ४० लाख वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ माघ/
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आव २०७९/८० को कर र जगेडा कोषको रकमपछिको मुनाफाको २५ प्रतिशत रकम संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत बचतकर्ता र ऋणी सदस्यहरूलाई रु ४० लाख वितरण गरेको जनाएको छ ।

शेयर सदस्यलाई १८ प्रतिशत लाभांश, कर्मचारीलाई नियमानुसार बोनस तथा इन्सेन्टिभ बचत तथा ऋण सदस्यलाई मुनाफाबाट बोनस रकमस्वरूप संरक्ष्Fित पूँजी फिर्ता कोषबाट रु ४० लाख, सरकारलाई रु ३० लाखभन्दा बढी विभिन्न करबापत भुक्तान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत गहवामाई मन्दिरको अतिथि सदनमा रु छ लाखको सौन्दर्यीकरण गरेको जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतम, पर्सा बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष राजेश पडित, पर्सा सहकारी सङ्घका अध्यक्ष हरेन्द्र सिंह, सहकारी संस्थाका कोषाध्यक्ष प्रFध्यापक सत्येन्द्रकुमार सिंह, सञ्चालक अधिवक्ता बालमुकुन्द खरेल, लेखा समिति संयोजक प्रद्युम्नप्रसाद सेढाईंलगायतको सहभागिता रहेको संस्थाका प्रबन्धक जीतेन्द्र वर्माले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।