प्रस, सेढवा, २ माघ/
संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा टेक्सास थारू समाजले थारू संवत् २६४८ मनाउनुका साथै दोस्रो साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष शशिकपूर चौधरीको अध्यक्षता तथा थारूविज्ञ प्रेमनारायण चौधरीको प्रमुख आतिथ्यमा नयाँ वर्ष र साधारणसभा मनाइएको थियो ।
कार्यक्रममा दीपक दीप, करिश्मा चौधरी, दिनेश चौधरी, दिव्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक कार्यक्रम, गीत, कविता प्रस्तुत गरेका थिए ।
संस्थाका पूर्वसचिव राम चौधरीले स्वागत गरेका थिए भने माघीबारेमा पब्लिक स्पिकिड्ढा उत्प्रेरक सान्भी चौधरी र खगेन्द्र चौधरीले प्रकाश पारेका थिए ।
कार्यक्रममा आर्थिक सल्लाहकार योग चौधरी, मधेसी समाज डिएफडल्लुका अध्यक्ष बिर्जेन्द्र शाह, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका सचिव दिनेश ज्ञवाली, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेत्रसागर चौधरीले गरेका थिए ।
साधारणसभाले सचिव राम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष शशिकपूर चौधरी, उपाध्यक्ष मनीषा चौधरी, महासचिव नेत्रसागर चौधरीलगायत रहेका छन् । कोषाध्यक्ष, सचिव मनोनीत गरिने निर्वाचन संयोजक सुशील चौधरीले बताए ।