प्रस, वीरगंज, २ माघ/
वीरगंजको सूर्य हस्पिटल प्रालिमा कृत्रिम गर्भाधानबाट तिम्ल्याहा शिशुको जन्म भएको छ ।
आज पत्रकार सम्मेलन गरेर हस्पिटलकी सञ्चालिका डा मोनिका सिंह यादवले अस्पतालमा आइबिएफ (कृत्रिम गर्भाधान सेवा) शुरू भएको एक वर्षपछि हिजो तिम्ल्याहा जन्मेको र स्वस्थ रहेको बताइन् । दुईजना छोरी, एकजना छोरा जन्मिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डा मोनिकाले बताइन् ।