पोखरियामा हेन्डीक्राफ्टसम्बन्धी तालीम शुरू

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २ माघ/
पोखरिया नगरपालिकाको सहयोग र रुलर डेभलपमेन्ट सेन्टरको आयोजनामा हेन्डीक्राफ्टसम्बन्धी १० दिने तालीम सोमवारदेखि पोखरियामा शुरू भएको छ ।

वडाध्यक्ष लछुमनसाह कानूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी उपप्रमुख रूबी ठाकुरले तालीममा भत्ता र नास्ताको लागि सहभागी नहुन सुझाव दिइन् । उनले पालिकाबाट हरेक वर्ष विभिन्न किसिमका तालीम सञ्चालन हुने गरेको तर व्यवहारमा लागू नभएको बताइन् । उपप्रमुख ठाकुरले तालीममा सिकेका कुराहरू व्यवहारमा लागू गर्न सुझाव दिइन् ।

कार्यक्रममा नरेन्द्र साह, राजकपूर पटेल, धर्मेन्द्र चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण ललन पटेल गरेका थिए । तालीममा प्रशिक्षण पूनम पटेलले दिइरहेकी छन् । तालीममा साडी, पर्दामा बुट्टा तथा फल्स लगाउन सिकाइँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।