प्रस, जनकपुर, २ माघ/
भङ्गाहा–जयनगर रेलभित्र लडेर एकजना यात्रीको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीका ५० वर्षीय रामएकबाल पण्डितको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक रञ्जन अवालेले बताए ।
मङ्गलवार बिहान ८ बजे महोत्तरीको भङ्गाहाबाट जयनगरतर्पm जान लागेको रेलमा पण्डित चढेका थिए । टिटीले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्र लडेर उनको मृत्यु भएको प्रवक्ता अवालेले बताए ।
यसैगरी, सर्लाही, ईश्वरपुर नगरपालिका–११ कर्ममुहान चोकमा ज.२प १७२५ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०१–०२६ च ०७५९ नम्बरको पिकअप एकापसमा ठक्कर खाँदा सोमवार मोटरसाइकल चालक चन्द्रनगर नगरपालिका–३ बस्ने ३५ वर्षीय राजनारायण महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मङ्गगवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।