आफताब आलमको मुद्दाको सुनवाइ सारियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, २९ पुस/
महमद आफताब आलम मुद्दाको सुनवाइ न्यायाधीश अभावमा आइतवार पनि सारिएको छ ।

रौतहट जिल्ला अदालतमा रहेका सातजना न्यायाधीशमध्ये तीनजनाको उच्च अदालतमा सिफारिश भएका र दुईजना बिदामा रहेका तथा गोलाप्रथा गर्दा उपस्थित दुवै न्यायाधीशको भागमा मुद्दा नपरेपछि सारिएको रौतहट जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले बताए ।
सातजना न्यायाधीशमध्ये आइतवार दुईजना न्यायाधीश मात्र अदालतमा उपस्थित रहेका र गोला गर्दा आलमको मुद्दा दुवै न्यायाधीशको भागमा नपरेको उनले बताए । आलम मुद्दाको सुनवाइ माघ २० वा २१ गते हुने श्रेस्तेदार ढोडारीले बताए ।

सरकारी वकील र आलमका वकीलबाट बहस नोट प्राप्त भइसकेकाले अदालतले मुद्दामा अन्तिम सुनवाइका लागि आज पेसी तोकेको थियो । कात्तिकको तेस्रो साता अदालतले मुद्दाको गम्भीरता र जटिलता विचार गरी सरकारी वकील र आलमका वकीललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।