राजमार्गमा सवारी दुर्घटना रोक्न सामूहिक पूजा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, २८ पुुस/
पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडकखण्डमा दिनहुुँजसो सवारी दुर्घटनाबाट अकालमा ज्यान गुुमाउनेहरूको सङ्ख्यामा बढेसँगै दुुर्घटना न्यूूनिकरणका लागि सामूहिक पूजा गरिएको छ । निजगढ नगरपालिकाको बकैयापुुल, जमुुनापैनी, शहीदचोक, देउरालीचोक, लच्का, भमरा, सिगौल जाने गेट, धन्सार पुुललगायतका स्थानमा ज्यानै जाने गरी सवारी दुर्घटना बढेसँगै दुुर्घटना नियन्त्रणको लागि हिन्दु धर्म अनुुसार भागवत सप्ताह, होमलगायत पूजापाठ गरिएको दुुर्घटना न्यूनिकरण पूजा समिति निजगढका अध्यक्ष एवं वृद्ध समाजसेवी भोजराज अधिकारीले बताए ।

यो सडकखण्डमा दुुई महीनाभित्र दुुई दर्जनभन्दा बढी मोटरसाइकल र अन्य सवारी साधन दुर्घटनामा छजना युुवाभन्दा बढीको मुुत्युु, डेढ दर्जन व्यक्तिको अङ्गभङ्ग र केही व्यक्तिहरू गम्भीर घाइते भएकाले हिन्दु वैदिक विधि अनुसार पूजापाठ गरिएको र यसबाट दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।

पूजन समारोहमा तीन दर्जन बढ िब्राह्मण सहभागी भएको र आगामी दिनमा दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको वडाध्यक्ष रामचन्द्र कटुवालले बताए ।

पूजा गरिएपछि दुर्घटना न्यूनिकरणका साथै दुर्घटनाबाट दिवगंत भएका आत्माको शान्ति हुने पण्डित गोविन्द आर्चायले बताए ।

देउरालीचोकमा तीन साताअगि दुुईवटा मोटरसाइकल ठोक्किदा तामाङ समुदायका दुुईजनाको घटनास्थलमै मृत्युु र दुुईजना गम्भीर घाइते भएका थिए । मृतकहरूको सम्झना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको लागि उनका परिवारजनले बौद्ध धर्म अनुसार एक साताअघि पूजापाठ गराएका थिए ।

राजमार्गको निजगढ सडकखण्डमा डरलाग्दो रूपमा ज्यानै जानेगरी सवारी दुर्घटनामा बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले विभिन्न स्थानमा ट्राफिक नियम, सचेतनासम्बन्धी बोर्डहरू राखेर दुर्घटना न्यूनिकरणको प्रयास गरिरहेको ट्राफिक प्रहरी निरीक्ष्Fक राम कुुमार महतोले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।