वनजङ्गल संरक्षणमा सबै एकजुुट हुनुपर्छ –सांसद मैनाली

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, २८ पुुस/
सांसद अच्युुत मैनालीले वनजङ्गल संरक्षणमा सबै एकजुुट भई निरन्तर अघि बढ्नुुपर्ने बताएका छन् ।

बकैया नागमणी सामुुदायिक वन उपभोक्ता समूह, निजगढ–८ बाराको शुक्रवार १४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले वनजङ्गल संरक्षणबाट हरियाली बढ्ने, वातावरण स्वच्छ हुुने जसबाट अक्सिजन प्राप्त हुने बताए । उनले वनजङ्गलको संरक्षणबाहेक अर्को विकल्प नभएको बताए । सामुदायिक वन संरक्षण गर्दै उत्पादित वन पैदावर बिक्री गर्दा केही वर्षअगि अख्तियारमा मुुद्दा परेपनि अन्ततः अदालतले सामुदायिक वन समूहको पक्षमा फैसला गरेको बताउँदै उनले सरकारले रोक्का गरेको दुुई करोडभन्दा बढी रकम पुुनः वन समूहको खातामा आउने र सोको सदुपयोग गर्न उनले सुझाए ।

सांसद मैनालीले उपल्लो तहका केही कर्मचारी, नेताहरूले सेटिङमा वन पैदावर, घाटगद्दीमा कुहिएर बर्बाद भइरहेको र त्यसको सदुपयोगतर्पm ध्यान नदिएर विदेशी काठ नेपाल भिœयाउनु आर्थिक चलखेलको उपज मात्र भएको आरोप लगाए ।

प्रदेश सभासद् त्रिलोकी चौधरीले एक पक्षले मात्र प्रयास गरेर दिगो वन विकास नहुने भएकोले पनि सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

प्रदेश सांसद एवं वन समूहका पूर्वअध्यक्ष मीना लामाले आपूm अध्यक्ष हुँदा अख्तियारमा परेको मुद्दामा सफाइ पाएको बताइन् । उनले अनावश्यक मुद्दाको भारले हतोत्साहित गर्ने काम मात्र भएको भन्दै असल कामविरुद्ध नलाग्न सुझाइन् ।

निजगढ नगरपालिकाका प्रमुख सुुरथ पुुरीले वनजङ्गल भावी पुुस्ताका लागि पनि संरक्षण गर्नुुपर्ने आवश्यक रहेको बताए । सामदायिक वन समूह नेतृत्व विकास गर्ने थलोको रूपमा पनि रहेको बताउँदै उनले पारदर्शिता आवश्यक हुने बताए ।

बारा जिल्ला फेकोफनका अध्यक्ष रामजी बजगाईले वन ऐन, कानूनलाई बेलैमा राज्यले सुधार गर्न नसक्दा सामुुदायिक वन समूुहहरूले चाहेजति उपलब्धि हासिल गर्न नसकेको बताए ।

कार्यक्रममा उपप्रमुुख सोममाया थिङ, वन अधिकृत जवाहरलालप्रसाद कुुर्मी, वीरेन्द्र यादव, सुरेश भगतलगायत राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए ।

वन समूहका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शालिकराम ढुुङ्गानाले आर्थिक प्रतिवेदन र सचिव हरि न्यौपानेले वार्षिक प्रगति विवरण र उपाध्यक्ष डाप्रसाद चौलागाईले स्वागत राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।