प्रमोद यादव, पंचगावाँ, २८ पुस/
सबडिभिजन वन कार्यालय रङपुरटाँडीका वनगस्ती टोलीले शनिवार सूचनाको आधारमा पटेर्वासुगौली गाउँपालिका–३ महेन्द्रपुरबाट तीनवटा सालको गोलिया बरामद गरेको छ ।
बरामद सालको काठ अन्दाजी ३५ क्युफिट रहेको रेन्जर कपिलदेव यादवले बताए । सूचनाको आधारमा बिहान वनगस्तीको टोलीले सालको गोलिया बरामद गरेको थियो । गस्ती टोलीलाई हेरेर काठतस्कर फरार भएको र उनीहरुको खोजी भइरहेको रेन्जर यादवले बताए ।