प्रस, पर्सागढी, २८ पुस/
सबडिभिजन वन कार्यालय, वसन्तपुरमा रमाना विषयलाई लिएर विवाद भएको छ ।
सबडिभिजन वन कार्यालय वसन्तपुरका सुबेदार प्रदीप तिमल्सिनाको सरुवा महोत्तरी डिभिजन वन कार्यालयमा पुस २३ गते भएको पत्र डिभिजन वन कार्यालय, पर्साले ह्वाट्सएपमार्पmत जानकारी गराएको थियो ।
आधिकारिकरूपमा पत्र तिमल्सिनाले नपाएको अवस्थामा सबडिभिजन वन कार्यालय वसन्तपुरका हेरालु सुरजप्रसाद यादवले उनको हाजिरी रजिस्टरमा टिक लगाएपछि विवाद भएको हो ।
हेरालुलाई हाजिरी रजिस्टरमा टिक लगाउने अधिकार नभएको र सबडिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले सो सम्बन्धमा कुनै कदम नचाल्दा हेरालुले हाजिरी काटेको विषयलाई लिएर विवाद भएको हो । सुबेदार तिमल्सिनाले हेरालुले काटेको रजिस्टरमा पुस २६ गतेसम्म हाजिरी गरेका छन् ।
सुबेदार तिमल्सिनाले बुझबुझारथ नभएको र हेरालुलाई हाजिरी काट्ने अधिकार नभएको हुँदा आपूmले आधिकारिक पत्र पाएपछि बुझबुझारथ गरी तोकिएको ठाउँमा जाने बताए ।