प्रस, वीरगंज, १३ मङ्सिर/
बाराको प्रसौनीमा शनिवारदेखि दिनेश मेमोरियल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरू भएको छ।
उद्घाटन खेलमा सत्यम पब्लिक कलेज वीरगंजले बहुअरी क्रिकेट क्लब बारालाई ७९ रनअन्तरले पराजित गरेको थियो।
पहिले ब्याटिङ गरेको सत्यम पब्लिक कलेजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो।
प्रतिउत्तरमा बहुअरी क्रिकेट क्लब १७ ओभरमा सबै गुमाइ १०७ रनमा सीमित भयो।
आजको खेलको ‘म्यान अफ दी म्याच’ सत्यम पब्लिक कलेजका मिथिलेश कुमार घोषित भए।
प्रतियोगिताको उद्घाटन स्व दिनेश प्रसादकी पत्नी मञ्जु देवीले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here