प्रस, पर्सागढी, २५ मङ्सिर/
पर्सागढी नगरपालिका कार्यालय अन्तर्गतको बागवानी स्वास्थ्य चौकीले जन्मजात खुडे रहेका दशजनालाई छनोट गरेको छ ।
स्वास्थ्य चौकीका इन्चार्ज रजनीश पासवानले जन्मजात ओठ तथा तालु, जिब्रोभन्दा माथिको भाग फाटेका, शल्यक्रिया गरेर पनि ओठ नमिलेका, गिजामा प्वाल भएका तथा तालुमा प्वाल भएका दशजना छनोट गरिएको र उनीहरूको प्लास्टिक सर्जरी सेवा फाउन्डेशन तथा वयोधा अस्पतालको संयुक्त सहकार्यमा गरिने बताए ।
छनोट भएका दशजनाको प्लास्टिक सर्जरी काठमाडौंमा हुने र त्यसका लागि बिरामीसँग एकजना कुरुवाको पनि यातायातसहित खानेबस्ने सुविधा निश्शुल्क उपलब्ध गराइने वयोधा अस्पतालका फिल्ड सुपरभाइजर कर्णप्रसाद जैसीले बताए ।