वन संरक्षणमा चनाखो रहन निर्देशन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, २५ मङ्सिर/

वन तथा वातावरण मन्त्रालय मधेस प्रदेशका सचिव उद्धव घिमिरेले वन क्षेत्रको संरक्षणमा चनाखो रहन मातहतका डिभिजन वन कार्यालयहरूलाई निर्देशन दिएका छन । आइतवार र सोमवार पर्सा, बारा, रौतहट, सर्लाहीका वन क्षेत्र र सङ्कलित वन पैदावारको घाटगड्डी स्थलको अनुुगमन र निरीक्षण गर्दै उनले निर्देशन दिएका हुुन् ।

हाम्रो पहिलो कर्तव्य वनजङ्गलको संरक्षण गर्नु रहेको जनाउँदै वनजङ्गल संरक्षणमा सदैव चासो र सचेत रहन मातहतका कर्मचारीहरूलाई सचिव घिमिरेले निर्देशन दिएका हुुन् । तराई–मधेसका वनजङ्गलको संरक्षण चुुनौतीपूर्ण रहेको उनले बताए । वनजङ्गलको संरक्षण वनकर्मीहरूको पेशागत धर्मसमेत रहेको उनले प्रस्ट्याए ।

उनले वन क्षेत्रमा अनेकन राष्ट्रिय गौरवका आयोजना निर्माण भएर साँघुरिंदै गएको र सङ्गठित वन तस्करहरूबाट  वन क्षेत्रको संरक्षण गर्न वनकर्मी सचेत रहनुपर्ने बताए । मधेस प्रदेशको वन क्षेत्रको संरक्षण, संवद्र्धन, प्रवद्र्धनको लागि सबैले जिम्मेवारीपूर्वक काम, कर्तव्य निर्वाह गर्नुुपर्नेमा जोड दिए । यस प्रदेशका आठवटै जिल्लाको स्थलगत अनुगमन गर्ने र कानूनी विधि, प्रक्रिया पूरा गरेका कामहरूलाई उच्च प्राथमिकतामा राखी अघि बढ्ने उनको जिकिर थियो । सामुुदायिक वन उपभोक्ता समूह, साझेदारी वन व्यवस्थापन समितिहरूले वन प्राविधिकहरूको मात्र मुख नताकी आफ्नै वन समूह, समितिले दक्ष वन प्राविधिक भर्ना गरी वनको संरक्षण, संवद्र्धनका काममा अग्रसर हुनुपर्ने बेला आएको सचिव घिमिरेले बताए । डिभिजन वन कार्यालयहरूका समस्याहरूका बारेमा समेत वन सचिव घिमिरेले चासो राखेका थिए ।

अनुगमनमा डिभिजन वन कार्यालय, पर्साका प्रमुख एवं डिएफओ सुुभाषचन्द्र दास, बाराका डिएफओ विनोद सिंह, रौतहटका डिएफओ शैलेन्द्र मिश्र, सर्लाहीका डिएफओ मन्जुर अहमदलगायतका वन कर्मचारी रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।