दिनेश मिश्र, वीरगंज, २५ मङ्सिर/
पोखरिया नगरपालिकाको सहयोग र वडा कार्यालय–६ को आयोजनामा हिजो आइतवारदेखि शुरू भएको पाँचौं मेयर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार दोस्रो दिनको खेलमा कालिकामाई गाउँपालिका विजयी भएको छ ।
पोखरियाको शेरा खेलमैदानमा टस जितेर ब्याटिङ गरेको कालिकामाई गापाले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर १७७ रन बनाएको थियो ।
प्रतिउत्तरमा १७८ रनको विजयी लक्ष्य लिएको बहुदरमाई नगरपालिका १९ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएर पराजित भयो । आजको खेलमा ५६ रनसहित दुई विकेट लिएका कालिकामाई गापाका जावेद हुसेन ‘म्यान अफ दी म्याच’ घोषित भए ।
भोलि मङ्गलवार तेस्रो दिन धोबिनी र जगरनाथपुर गापाबीच खेल हुने आयोजक कमिटीले जनाएको छ ।