प्रस, परवानीपुर, २४ साउन/
नारायणी कोभिड अस्थायी गण्डक अस्पतालबाट शुक्रवार राति आठजना सङ्क्रमित निको भएर घर फर्केका छन्। पर्सा र बाराका आठजना सङ्क्रमित घर फर्केको अस्पतालले जनाएको छ।
घर फर्किनेहरूमा दुईजना चिकित्सक छन्। ४५ वर्षीय डा आरके (रामकिशोर) सिंह र ४० वर्षीय डा दिलीप चौरसिया कोरोनामुक्त भएका हुन्।
यसैगरी कोरोनामुक्त हुनेहरू बाराको जीतपुरका ३५ वर्षीया प्रतिमा देवी, २० वर्षीय दीपक सहनी, कलैया मोतीसरका २२ वर्षीय राजु गुप्ता, वीरगंज महानगर–१३ श्रीपुरका ३० वर्षीय विशाल रेग्मी, वीरगंज–६ रेशमकोठीका आयुष अग्रवाल र बहुदरमाई नपा–७ का ३३ वर्षीय अवधेश यादव छन्।
८ जनामध्ये ६ जनामा कोरोना लक्षण देखिएको थियो। दुईजना चिकित्सकमध्ये एकजना निमोनियाबाट ग्रसित थिए। आठैजनाको दुईपटकको पिसिआर परीक्षण नेगेटिभ आएपछि उनीहरूलाई घरमा एक साता आइसोलेट हुने शर्तमा अस्पतालबाट डिस्चार्ज गरिएको हो।