वन उपभोक्ता समितिको अध्यक्षमा हक विजयी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २२ मङ्सिर/
विन्ध्यवासिनी कोइलाभार बडनिहार साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा नेपाली काङ्ग्रेसबाट बागी उम्मेदवार रिजवानुल हक विजयी भएका छन् ।

गत असार २९ गते उद्घाटनसत्र चल्दै गर्दा उच्च अदालत जनकपुरको वीरगंज इजलासले साउन ४ गतेसम्मको लागि निर्वाचन प्रक्रिया रोकेको थियो । त्यसपछि शुक्रवार निर्वाचन भएको हो ।

अध्यक्षसहित १३ सदस्यको लागि आज भएको निर्वाचनमा कुल २८० मतमध्ये २६२ वटा मत खसेकामा अध्यक्ष पदमा विजयी हकले १३८ मत ल्याएको निर्वाचन अधिकृत पर्सा बारका अध्यक्ष कमलमोहन पोखरेलले बताए । उनका प्रतिद्वन्द्वी नेकाका मनोज यादवले ११९ मत ल्याए भने स्वतन्त्र उम्मेदवार अम्बिका सहनी मलाहाले एक मत मात्र ल्याए । सदस्यहरूमा प्रेमचन्द्र कोइरी, रामबाबूप्रसाद कोइरी, जीतेन्द्र मिश्र, रामा खाँ थारू, विन्देश्वर चौरसिया, मनक कुर्मी, अशोक तेली, सोमबहादुर स्याङ्तान, उपनेश चौरसिया, मनोज रायभर, लीला विक, नीलम देवी र हिरमुनीदेवी साह विजयी भएका छन् । १३ सदस्यको लागि २० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले बताए ।

विगत एक दशकअघि यो साझेदारीको अध्यक्ष नेकाका शैलेन्द्र यादव थिए । त्यसपछिका समयमा विभिन्न कारणवश विवाद उत्पन्न भएर निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।