नितेश कर्ण, वीरगंज, २१ मङ्सिर/
यातायात व्यवस्था कार्यालयमा रहेको ग्लोबल आइएमई बैंककी कर्मचारी खुश्बु रौनियारले सञ्चारकर्मीको क्यामराको लेन्स तोडफोड गरेकी छन् ।
बिहीवार दिउँसो सो बैंकमा कर्मचारी र ग्राहकबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि समाचारका लागि भिडियो फुटेज लिइरहेका ग्यालेक्सी फोरकेका संवाददाता जीयालाल साहको क्यामराको लेन्स रौनियारले बैंकबाहिर आएर तोडेकी थिइन् ।
उनले आप्mनो फोटो किन खिंचेको भनेर पत्रकार साहले बोकेको क्यामराको लेन्स तोडेकी थिइन् । पछि सो विवाद साम्य भएपनि पत्रकार साहको क्यामराको लेन्स आफूले तोडेको रौनियारले स्वीकार गरिनन् । उनले आपूmले लेन्स नतोडेको प्रतिक्रिया दिएकी थिइन् । क्यामराको लेन्स निकै महँगो रहेको पत्रकार साहले बताएका छन् ।
पत्रकार साहले बैंक कर्मचारी रौनियारले नै लेन्स तोडेको र त्यसको प्रमाण बैंकबाहिर रहेको सिसिटिभी फुटेजमा रहेको बताए । तर बैंकले भने फुटेज देखाउन चाहेन ।