नरेश यादव, पर्सागढी, २० मङ्सिर/
‘स्वास्थ्य क्षेत्रमा दिगो विकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ नाराका साथ पर्सागढी नगरपालिकाको आयोजना तथा दिव्य विकास स्रोत केन्द्र बिरञ्चीबर्वाको सहयोगमा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न भएको छ ।
दिवसको अवसरमा ४५ जना स्वयंसेविकाहरूलाई पुरस्कृत गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले बताए । वडा नं ४ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडाध्यक्ष शेख खुर्सेद, सचिव हजारीप्रसाद यादव, स्वास्थ्य चौकी प्रमुख कामेश्वर मिश्र, वरिष्ठ अनमी सरीता कार्की, श्वेता लामा, अहेब अजय मण्डल, कार्यालय सहयोगी सुरेन्द्र पाण्डेलगायतको सहभागिता थियो ।
पर्सागढी नपा अन्तर्गत एउटा प्राथमिक स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी छन् भने तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् ।