सातवटा सालको गोलिया बरामद

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पर्सागढी, २० मङ्सिर/
पर्सागढी नगरपालिका–१ कोइलाभार टोलमा परालको टालमा लुकाएर राखिएका सातवटा सालका गोलिया प्रहरीले बरामद गरेको छ ।

राष्ट्रिय वनजङ्गलबाट चोरी भण्डारण गरिराखेको अवस्थामा सूचनाको आधारमा प्रहरी चौकी मनवा र इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले सो गोलिया बरामद गरेको हो । बरामद गोलिया सबडिभिजन वन कार्यालय, सखुवनियामा राखिएको प्रहरी निरीक्ष्Fक रामराजा केशरीले बताए । गोलिया राख्ने व्यक्तिको खोजी भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।