पटेर्वासुगौलीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, १९ मङ्सिर/
पटेर्वासुगौली गाउँँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित २०औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस महिला स्वास्थ्य स्वयंसेविकाहरूले मनाएका छन् । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकासः महिला स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ नाराका साथ गापा अध्यक्ष दिनेशकुमार चौधरीको प्रमुख आतिथ्य र उपाध्यक्ष ममता महतोको अध्यक्षतामा दिवस मनाइएको हो ।

कार्यक्रममा गापाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्रप्रसाद यादवले महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहयोगले गापामा बाल मृत्युदर घटेको, बालबालिका तथा गर्भवती महिलामा पोषणको अवस्था राम्रो रहेको बताए । कार्यक्रममा कार्यपालिका सदस्य सजिना विक, निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोदकुमार कर्ण, पोषण स्वयंसेविका अनीता पञ्जियार तथा गापाकाका पाँचवटै वडाका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वयंसेविका लालमतीदेवी थरुनीलाई प्रथम, साबरून नेसालाई द्वितीय तथा तेजकुमारी बस्नेतलाई तृतीय पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।