प्रस, सप्तरी, १० मङ्सिर/
सप्तरी जिल्लाका १३६ वटा उद्योग खारेजीमा परेका छन्। घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १२७ उद्योगमध्ये आव २०७६/७७ मा १ सय ३६ वटा उद्योग खारेजीमा परेका हुन्।
मापदण्ड पूरा नगरेका, बीचमैं उद्योग बन्द भएका, उद्योग दर्ता गरी लामो समयमसम्म सञ्चालनमा नल्याएका र समयमा नवीकरण नगराएका उद्योगहरू खारेजीमा परेको सप्तरीका उद्योग अधिकृत सन्तोषकुमार साहले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।