वीरगंजमा आसिफ र आरिफलाई सम्मान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २५ कात्तिक/

हालै सम्पन्न टी–२० विश्वकप एशिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख र आरिफ शेखलाई वीरगंजमा सम्मान गरिएको छ । पर्सा क्रिकेट सङ्घले राष्ट्रिय क्रिकेट टीमका खेलाडीद्वय आसिफ र आरिफलाई सम्मानित गरेको हो । आसिफ र आरिफ सहोदर दाजुभाइ पनि हुन् ।

वीरगंज–१३ मुर्लीका स्थानीयवासी शेखद्वयले नेपाली राष्ट्रिय टीमबाट खेलेर उत्कृष्ट प्रदर्शन गर्दै जिल्लासहित नेपालकै प्रतिष्ठा बढाएको भन्दै पर्सा क्रिकेट सङ्घले सम्मानित गरेको हो । सङ्घका अध्यक्ष मनीष सिंहले शेखद्वयलाई पुरस्कार र नगदसहित सम्मानित गरेको सङ्घका उपाध्यक्ष मुर्तुजा हवारीले जानकारी दिए । “पर्सा जिल्लाबाट क्रिकेट खेल्न सिकेका आरिफ र आसिफ आज नेपालको राष्ट्रिय टीमका लागि अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा सहभागी भएको देख्दा निकै खुशी लाग्छ,” अध्यक्ष सिंहले भने, “उनीहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर देशलाई उपाधि दिलाउँदा सबैभन्दा धेरै वीरगंजवासी खुशी हुन्छन् ।”

शेखद्वयले क्रिकेट र देशका लागि पुर्याएको योगदानको जति मूल्याङ्कन गरे पनि कम नै हुने भन्दै सिंहले भने, “सानो भएपनि हामीले उनीहरूलाई सम्मानित गरेर हौसला बढाउने प्रयास गरेका छौं । आगामी दिनमा उनीहरूले थप ऊर्जाका साथ खेल्दै नेपाली क्रिकेटलाई उचाइमा पुर्याउने हामीले विश्वास लिएका छौं ।”

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।