प्रस, निजगढ, ९ मङ्सिर/
निजगढ नगरपालिकाले यसपटक लगाएको नदीजन्य पदार्थको ठेक्का रद्द गरेको छ। कार्यपालिका सदस्यसहितको तीनपटक बसेको बैठकबाट कुनै निकास  ननिस्किएपछि निजगढ नगरप्रमुख सुरेशकुमार खनालले ठेक्का रद्द गरेका हुन्।
नगरप्रमुखले कानूनतः आफ्नो अधिकार प्रयोग गरेर ठेक्का रद्द गरेको नगरपालिका स्रोतले जनाएको छ।
नदीजन्य पदार्थको ठेक्काको विषयमा हिजो सोमवार बसेको नगर कार्यसमितिमा पनि निर्णय हुन नसकेपछि नगरप्रमुख खनालले ठेक्का रद्द गरेका हुन्।
यस वर्ष बारा निजगढ नगरपालिकास्थित बकैया खोला र धन्सार खोलालाई समेटेर न्यूनतम ठेक्का रु १३ करोड ३२ हजार ९१ रुपैयाँको बोलपत्र आह्वान भएको थियो।
गत कात्तिक १६ गते बोलपत्र बिक्रीको अन्तिम समयसीमामा १२ वटा बोलपत्र बिक्री भएको थियो। त्यसमध्ये ६ वटा फर्मले बोलपत्र फाराम दर्ता गरेका थिए। सो बोलपत्र कात्तिक १७ गते निजगढ नगरपालिकाले खोलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here