श्रीसिया नदी वरपरका उद्योगले पानी उपचार केन्द्र बनाउँदै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २० कात्तिक/

श्रीसिया नदी प्रदूषणमुक्त गर्न वीरगंज महानगरपालिकाले अनुगमन र कारबाई गर्न थालेपछि नदी वरपर रहेका उद्योगहरूले पानी प्रशोधन केन्द्र बनाउन शुरू गरेका छन् । उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर पानी प्रशोधन गर्न केन्द्र बनाउन उद्योगीहरूले  शुरू गरेका छन् ।

मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक प्रशोधन केन्द्र बनाउने काम अघि बढाएको छ ।

त्यसैगरी, ग्लोबल लेदर, मारुती पल्प्स एन्ड पेपर, दुर्गा पल्प्स एन्ड पेपर र सिद्धि टेक्सटायल्सले भने अझै अटेर गरेको महानगरद्वारा गठित श्रीसिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ । समितिले आइतवार र सोमवार नदी आसपासमा रहेका उद्योगहरूको अनुगमन गरेको थियो ।

यसअघि नगरप्रमुख राजेशमान सिंहले नदीको अनुगमन गर्दै श्रीसिया नदी प्रदूषित बनाउने उद्योगलाई सिलबन्दी गर्ने चेतावनी दिएका थिए । यसअघि श्रीसिया नदी प्रदूषणमा मुख्य जिम्मेवार देखिएका पाँचवटा उद्योगलाई पटकपटक चेतावनी दिंदा पनि प्रदूषण गर्न नछाडेपछि तीन/तीन लाख रुपियाँ जरिवाना गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।