राधेश्याम पटेल, परवानीपुर, ९ मङ्सिर/
चोर बाटोबाट गैरकानूनी तरीकाले भित्रिएका ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुईवटा टेस्ला कार नेपाल भित्रिएको छ।
वेस्टार ग्लेक्सी प्रालि काठमाडौंले नयाँ फर्म (कम्पनी) खडा गरी महँगो दाममा बिक्री हुने दुईवटा टेस्ला कार नेपाल भिœयाएको हो। अमेरिकी टेस्ला कम्पनीको दुईवटा पेट्रोल कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाट वेस्टार ग्लेक्सीको नयाँ फर्मले भिœयाएको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ।
भन्सार अधिकृत चुडामणि शर्माका अनुसार अवैधरूपमा भित्रिएका ६ वटा गाडीको मुद्दा सर्वोच्च अदालत र जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगंजमा चलिरहेको अवस्थामा फेरि दुईवटा कार अवैधरूपमैं भित्रिएको हो। “करीब एक वर्षदेखि अवैधरूपमा भित्रिएका ६ वटा कारको मुद्दा टुङ्गिएको छैन,” उनले भने, “फेरि दुईवटा टेस्ला कार नेपालमा एजेन्सी दर्ता नै नगरी ल्याइएको छ, वेस्टारले एक वर्षअघि मगाएको एउटा टेस्ला कारको बारेमा मुद्दा लडिरहेकोले अर्को फर्म खडा गरी मगाएको सुनिएको छ।” दशैंभन्दा डेढ महीना पहिले थप दुईवटा टेस्ला कार रेलबाट श्रीसिया भन्सार कार्यालयको यार्डमा झारिएको थियो। उनले गाडी छुटाउन आयातकर्ता आएको छैन, त्यस कारण वेस्टारको अर्को फर्म वा साझेदार कम्पनीको नाम खुल्न नसकेको बताए।
नेपालको आर्थिक ऐनमा विदेशमा उत्पादन हुने कार कम्पनीको विक्रेता वा एजेन्सी नेपालमा नभएको खण्डमा उक्त कम्पनीको कार भिœयाउन पाइँदैन, भिœयाइयो भने गैरकानूनी मानिन्छ। तर नेपाली कार आयातकर्ताहरूले चोर बाटोबाट ६ वटा कार भिœयाएका थिए। सन् २०१९  सेप्टेम्बर ७ का दिन किशोर गियरले दुईवटा विद्युतीय जगुआर कार अवैधरूपमा मगाएको थियो भने त्यसको चार दिनपछि अर्थात् सन् २०१९ सेप्टेम्बर ११ को मितिमा वेस्टार ग्लेक्सीले एउटा पेट्रोलबाट चल्ने टेस्ला कार नेपाल भिœयाएको थियो।
त्यसैगरी, पिन्सा मोटर्स प्रालि काठमाडौंले सन् २०१९ नोभेम्बर ११ को मितिमा तीनवटा आउडी कार अवैधरूपमा भिœयाएको भन्सार अधिकारीहरू बताउँछन्। गत जेठ १५ को बजेट भाषणमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अवैधरूपमा भित्रिएका गाडीको हकमा ३० प्रतिशत जरिवाना लिई गाडीको जाँचपास गर्ने गरी बाटो खोले पनि आयातकर्ताले जाँचपास गर्नुको साटो अदालतमा मुद्दा लड्न उचित ठान्यो। प्रिन्सा मोटर्सले तीनवटा आउडीको हकमा जाँचपास हुनुपर्ने सर्वोच्च अदालतमा रिट दिएपछि अहिले सर्वोच्चले प्रिन्सा मोटर्सको रिट खारेज गरेको छ भने किशोर गियरले दुईवटा जगुआर र वेस्टार ग्लेक्सीले एउटा टेस्ला कार छुटाउन जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगंजमा रिट दिएकोमा अदालतको फैसला आउन बाँकी छ।
भन्सार अधिकृत चुडामणि शर्माले भने– “हामीले पनि जवाफ पेश गरिसकेका छौं, एकपटक सुनवाइ पनि भइसकेको छ।” अदालत स्रोतको अनुसार एउटै प्रकृतिको मुद्दामा सर्वोच्चले एकजना आयातकर्ताको रिट खारेज गरिसकेको अवस्थामा उच्च अदालतले पनि गैरकानूनीरूपमा भित्रिएको गाडीको हकमा उस्तै आदेश आउने सम्भावना अधिक हुन्छ।
यसअघि किशोर गियर प्रालिले मगाएको पेट्रोलबाट चल्ने एउटा जगुआर र चारवटा रेन्ज रोभरको हकमा एकपटकको लागि भिœयाउन दिने भनेर पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्बाट निर्णय गराएपछि ती गाडीहरूको जाँचपास भई छुटिसके। यसअघि पनि प्रिन्सा मोटर्सले तीनवटा आउडी कार अवैधरूपमा भिœयाएर काठमाडौंको ग्राहकलाई बेचेको घटना सार्वजनिक भएको थियो। विद्युतीय कारमा भन्सार महसूल ८० प्रतिशत, अन्तुःशल्क ६० प्रतिशत, मूअक १३ प्रतिशत र ८ प्रतिशत सडक सम्भार दस्तुर लाग्छ भने यसअघि विद्युतीय कारको भन्सार महसूलमा ५० प्रतिशत कम राजस्व लाग्थ्यो भने अन्तःशुल्क लाग्दैन थियो, मूअक १३ प्रतिशत र सडक सम्भार दस्तुर ८ प्रतिशत भने लाग्ने नियम थियो।
यी कारहरू खरीद र राजस्व जोड्दा करीब ४ करोड पर्छन् भने अहिले जरिवाना तिरेर छुटाउँदा ५ करोडसम्म पर्ने भएकोले आयातकर्ताहरू ३० प्रतिशत जरिवाना तिरेर गाडी छुटाउन नमानेर अदालत गएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here