फूटबल प्रतियोगिताको कारण बिहानी कक्षा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, १३ कात्तिक/
जीराभवानी गाउँपालिकामा जारी सातौं परसवा गोल्डकपका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित हुन नदिन गापा अध्यक्ष अनोज चौधरीले बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । सो फूटबल प्रतियोगितामा मार्चपास, खेलाडीहरूको स्वागत तथा विभिन्न क्रियाकलाप सञ्चालन गर्न सामुदायिक तथा निजी विद्यालयका सयजना बालबालिका परिचालन गरिएका छन् । दिउँसो १ बजेदेखि खेल शुरू हुँदा विद्यार्थीहरूको ध्यान पढाइमा केन्द्रित नहुने, विद्यालय नजाने वा टिफिनमैं विद्यालयबाट भाग्ने सम्भावना रहेकाले बिहानी कक्षा सञ्चालन गर्न सूचना जारी गरेको अध्यक्ष चौधरीले बताए । बिहान ६ः३० देखि १२ बजेसम्म कक्षा सञ्चालन गर्न सूचना जारी गरिएको अध्यक्ष चौधरीले बताए । आज बिहानदेखि जीराभवानी गाउँपालिका अन्तर्गतका २२ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन भएका छन् ।

यसका साथै छिमेकी जगरनाथपुर गाउँपालिका वडा नं १, २ र ३ का केही सामुदायिक विद्यालयहरूले पनि गोल्डकपका कारण बिहानी कक्षा सञ्चालन गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।