लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुशी लागेको छ –महासचिव गुटेरेस

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

लुम्बिनी, १४ कात्तिक/रासस
नेपाल भ्रमणका क्रममा मङ्गलवार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् ।

उनले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गरेका छन् । आज बिहान पोखराबाट विशेष विमानमार्पmत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।”

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उनले खुशी व्यक्त गर्दै इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गरे । उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरे । “शान्ति र मानवता अपरिहार्य विषय हुन्, मानवीयता मर्न दिनुहुन्न,” उनले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिशन’ मिल्दोजुल्दो छ । यो शान्तिको मुहान लुम्बिनी घुमौं र यहाँबाट सबैले सिकौं ।”

त्यस्तै, महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए । यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गर्नुभयो । शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गएका थिए । उनले वृक्षारोपणसमेत गरे ।

महासचिव गुटेरेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी भए । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्पm बसेर स्वागत गरेका थिए ।

यसैगरी, महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा मदत पुग्ने अपेक्षा गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै संस्कृति, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामालगायतले स्वागत गरेका थिए ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुराताŒिवक महŒवका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराएको थियो ।

गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसङ्घका छैटौं महासचिव हुन् । राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्त सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रूपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् । राष्ट्रसङ्घका महासचिवका रूपमा थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ ।

शान्तिको खोज सधैं मानवताको सर्वोच्च आकाङ्क्षा भएको छ –प्रधानमन्त्री

पुष्पकमल दाहाल प्रचण्डले शान्तिको खोज सधैं मानवताको सर्वाेच्च आकाङ्क्षा भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रूपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपालले शान्ति प्रक्रियालाई सफलता साथ अघि बढाएको अवगत गराउँदै भने, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरू शान्ति प्रक्रिया सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्ग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “अहिले हामी जहाँ उभिरहेका छौं, भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो, जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापकरूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।”

उनले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महŒव रहेको र यसले विश्वव्यापीरूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गरे । सो अवसरमा उनले महासचिव गुटेरेसको विश्वव्यापी महŒवको ऐतिहासिक स्थलको भ्रमणको प्रशंसासमेत गरे ।

प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना शुरू तयार भएको बताए । सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवद्र्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महŒवलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो ।

“शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौं,” प्रधानमन्त्री प्रचण्डले भने, “विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तŒव हो । हामी “भवतु सर्व मङ्गलम्” र “वसुधैव कुटुम्बकम्”मा विश्वास गर्छाैं । उनले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्य–मान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताए ।

“सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन् । हामी संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौं,” उनले भने । त्यसैगरी, उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसकोे प्रतिबद्धताको प्रशंसा गरे । “तपाईंको हिजो खुम्बु क्षेत्रको भ्रमण र आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणको क्रममा तपाईंले जलवायु परिवर्तनले हाम्रा जनताको जीवन र जीविकोपार्जनमा कस्तो असर पारेको छ भन्ने नियाल्नुभएको छ । कार्बन उत्सर्जनमा हाम्रो हिस्सा शून्य भएपनि जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौं,” प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वभर शान्ति कायम हुन दिनुपर्छ, शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्छ ।”

विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरीबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।