पर्सागढी मन्दिरको सम्भाव्यताबारे अध्ययन अवलोकन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नरेश यादव, पर्सागढी, १३ कात्तिक/

नेपाली सेना २८ नं वाहिनीपति जीतपुरका क्याप्टेन राजन राउत नेतृत्वको टोलीले ऐतिहासिक पर्सागढी मन्दिरको अवलोकन गरेको छ ।

अवलोकनको क्रममा क्याप्टेन राउतले पर्सागढी मन्दिर पर्यटकीय क्षेत्र बनाउने सम्भाव्यताबारे अध्ययन गरिने बताए । उनले विसं १८७१ मा पर्सागढीमा नेपाली सेनाले स्थानीयसँग मिलेर ब्रिटिश सेनासँग युद्ध गरी पराजित गरेकोले यो ठाउँ ऐतिहासिक स्थल रहेको र सो ठाउँको चौतर्फी विकासको लागि पूर्व–पश्चिममा रहेका खोलामा पुल निर्माण गरिने बताए । उनले २०२१ सालमा पर्सागढी मन्दिरको नाममा रहेको करीब १२ बिघा जग्गा स्थानीय व्यक्तिहरूले आफ्नो नाममा गरेकामा सो फिर्ता ल्याउन आवश्यक प्रक्रिया चाल्ने बताए ।

पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक स्थलको संरक्षण, संवद्र्धन हुनुपर्नेमा जोड दिए । उनले यो ठाउँले देशमा नै पर्सागढीलाई चिनाएको बताए । पर्सागढीलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा उनले जोड दिएका थिए । 

टोलीमा क्याप्टेन हेमन्त सिंह, रोशन पुरी, मन्दिर सञ्चालक समितिका अध्यक्ष बृजमोहन चौधरी, स्थानीय भद्रभलादमी तथा ६७ जना नेपाली सेनाका जवान सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।