चन्द्रावती खोलामा महिलाको शव भेटियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, १३ कात्तिक/

जगरनाथपुर गाँउपालिका–४ स्थित चन्द्रावती खोलामा सोमवार बिहान सडेगलेको अवस्थामा एकजना महिलाको शव भेटिएको छ ।

खोलाछेउमा विवाहित जस्तो देखिन महिलाको आधा शरीर सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।