शेयर बजार निरन्तर ओरालोतर्फ, राष्ट्र बैंकको नीतिकै कारण खर्बौं गुमाउनुपरेको लगानीकर्ताको आरोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १२ कात्तिक/

शेयर बजार कारोबार निरन्तर ओरालो लागिरहेको छ । दुई वर्षअघिको असार मसान्तपछि निरन्तर शेयर बजार खस्किरहेको लगानीकर्ताहरूले बताएका छन् । दुई वर्षअघि ३२६० अङ्कमा पुगेको शेयर बजार अहिले १८७५ अङ्कमा ओरालो लागेको छ । अर्थात् दुई वर्षको अवधिमा करीब १५ खर्ब पूँजी क्षयीकरण भएको छ । अर्थात् लगानीकर्ताले दुई वर्षको अवधिमा त्यति रकम गुमाउनुपरेको छ ।

नेपालमा कुल ५९ लाख ७६ हजार ६८१ जना शेयर लगानीकर्ता रहेका र इजाजतप्राप्त ७६ वटा ब्रोकर कम्पनीले सेवा दिइरहेका नेप्सेले जनाएको छ । दुई वर्षअघि शेयर बजारको पूँजी ४४ खर्ब रहेकामा त्यसपछि १५ खर्ब क्षय भएर अहिले २८ खर्ब ८९ अर्ब ३२ करोड बराबरको पूँजीमा समेटिएको छ ।

दशैंको बिदा हुनुअघि कात्तिक ३ गतेको कारोबारको तुलनामा आज कात्तिक १२ गते बजार खुल्दा कारोबार बढ्ने अपेक्ष्Fा गरिए तापनि २८.१८  प्रतिशतले नेप्से घटेको देखिएको छ ।

यसरी पछिल्लो दुई वर्षको नेप्सेको टे«न्ड हेर्दा नेपाल सरकारको एक वर्षको बजेट बराबरको रकम नेपाली शेयर लगानीकर्ताले गुमाएको जानकारहरूको विश्लेषण छ । वीरगंजमा मात्रै करीब एक लाखभन्दा बढी शेयर लगानीकर्ताहरू रहेकामा वीरगंजलगायत देशभरिकै शेयरमा लागेको कुल पूँजीको ६० प्रतिशत लगानीकर्ताले गुमाएको एकजना अगुवा शेयर लगानीकर्ता बताउँछन् । उनका अनुसार नेपालमा शेयर बजार निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकको नीति नै मुख्य कारक रहेको उनको भनाइ छ ।

दुई वर्षअघि कम ब्याजदरमा नागरिकले बैंकबाट ऋण लिएर घरजग्गाका साथै अन्य व्यापार गरिरहेका थिए तर त्यसपछिको अवधिमा राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदरमा नियन्त्रण गर्न नसक्दा शेयरका साथै अन्य उद्योग–व्यापार निरन्तर ओरालो लागिरहेको छ । फलस्वरू देशमा आर्थिक मन्दी र उद्योगधन्दा चौपट भएको विज्ञहरूको विश्लेषण छ । राष्ट्र बैंकले देशमा आर्थिक गतिविधि सुधार्नुको साटो वाणिज्य बैंकहरूलाई मनोमानी गर्न दिने नीति लिएको छ । आठ प्रतिशत ब्याजदरमा लगानी गरेका वाणिज्य बैंकहरूले अहिले ब्याजदर बढाएर १६ प्रतिशत पु¥याउँदा पनि राष्ट्र बैंक मूकदर्शक बन्दा लगानीकर्ताहरू निराश भएका छन् ।

लगानीकर्ताहरूले ब्याजदरको नीति समसामयिक र सान्दर्भिक हुनुपर्नेमा जोड दिंदै ब्याजदर नघटे अहिलेभन्दा विकराल अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।