माधव तिमल्सिना, ठोरी, ३ मङ्सिर/
ठोरी गाउँपालिका–३ नयाँ बस्तीका मिर्गौला रोगी वीरबहादुर थिड्ढो उपचारको लागि सहयोग जुटाउने क्रम जारी छ।
दुवै मिर्गौला काम नलाग्ने भएपछि मिर्गौला प्रत्यारोपणको लागि विभिन्न व्यक्ति, संस्थाहरूले थिङलाई सहयोग गर्दै आएका छन्। मिर्गौला प्रत्यारोपणमा ठूलो धनराशि खर्च हुने तर आर्थिकरूपले कमजोर थिङलाई जोगाउन स्थानीयले सक्दो सहयोग पु–याउँदै ाएका छन्।
यसै क्रममा थिड्ढो जीवन रक्षाको लागि आर्थिक सङ्कलन समिति गठन भएको छ। वडाध्यक्ष सूर्यबहादुर लामाले थप १० हजार सहयोग गरेका छन्। यस अघि पनि उनले रु ४ हजार सहयोग गरेका थिए।
यसैगरी आरुष कन्स्ट्रक्शनका प्रोप्राइटर सुनील बल तामाङले रु ३० हजार सहयोग गरेका छन्। काठमाडौंमा रहेका तामाङले वडाध्यक्ष लामामार्फत सो सहयोग गरेका हुन्।
यसैगरी नयाँ बस्तीमा रहेको शिवशक्ति समूहले रु २२ हजार ६ सय सहयोग गरेको छ। समूहका अध्यक्ष गोपीलाल विष्टले थिड्ढा छोरालाई घरमैं सो रकम हस्तान्तरण गरेका हुन्। सोही वडाका जयराम श्रेष्ठले पनि रु १० हजार सहयोग गरेका छन्।
वडामा आज बसेको बैठकले थिड्ढो जीवन रक्षाको लागि ५ सदस्यीय समिति गठन गरेको छ। देश–विदेशबाट उनको जीवनरक्षाको लागि सहयोग याचना गर्दै थिड्ढो नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न आग्रह गरिएको छ। थिड्ढो उमेर ५६ वर्षको छ र उनको दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेको चिकित्सकहरूले बताएका छन्। थिङले आफूलाई बाँच्ने इच्छा रहेको बताएका छन्। उनले आफूसँग भएको जायजेथा उपचारमा खर्च भएको र बाँच्ने इच्छा भएकोले उपचारमा सहयोग पु–याउन आग्रह गरेका छन्। थिड्ढा १ छोरा, २ छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here