तनाव कम गर्न अपनाउनुहोस् यी पाँच उपाय

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

तनाव आज हरेक व्यक्तिको जीवनको हिस्सा बनिसकेको छ । कामको उच्च दबाब, खराब जीवनशैली र पोषक तत्वको कमीका कारण तनाव बढ्छ । तनाव बढ्दै जाँदा शरीरमा विभिन्न रोग लाग्ने खतरा पनि धेरै गुणा बढ्छ ।

तनावका कारण स्वास्थ्य बिग्रनुका साथै कयौंपटक सम्बन्ध पनि बिग्रन थाल्छ । धेरै मानिस तनावका कारण कुनै पनि काम राम्ररी गर्न सक्दैनन् । जसले गर्दा आत्मविश्वास पनि कमजोर हुन्छ । धेरै मानिस तनाव कम गर्न विभिन्न प्रकारका औषधिहरू पनि खान थाल्छन् । यी औषधिको अत्यधिक सेवनले शरीरमा हानि पुर्याउँछ र यसको बानी पनि पर्न जान्छ । यस्तो अवस्थामा तनाव कम गर्न केही घरेलु उपाय अपनाउन सकिन्छ । यी उपाय प्राकृतिक भएकाले घरमैं गर्न सकिन्छ । तनाव कम गर्ने घरेलु उपचारका बारेमा जानकारी लिऔं ।

लैभेन्डर तेल

ल्याभेन्डरको तेल शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको प्रयोगले मानसिक शान्ति मिल्नुका साथै तनाव पनि कम हुन्छ । यसको प्रयोग गर्नका लागि यसबाट शरीरमा मालिस गर्नुहोस् वा नुहाउने पानीमा यस तेलका केही थोपा मिसाउनुहोस् । यो तेलले मूडलाई राम्रो बनाउँछ र थकान पनि हटाउँछ ।

कैमोमाइल चिया

कैमोमाइल चिया पिउनाले शरीरका धेरै समस्याबाट छुटकारा मिल्छ । यो चियाले तनाव कम गर्नुका साथै थकानबाट पनि राहत दिन्छ । कैमोमाइल चियामा एन्टिइन्फ्लेमेटरी गुण पाइन्छ, जसले पेटलाई स्वस्थ राख्नुका साथै आन्द्रालाई पनि स्वस्थ राख्छ । यो चिया पिउनाले गहिरो निद्रा लाग्न मदत गर्छ ।

खुट्टाको मालिश

कहिलेकाहीं अत्यधिक तनाव हुन्छ । यस्तो अवस्थामा तोरीको तेलले खुट्टामा मालिस गर्नुहोस् । यसो गर्दा रक्तसञ्चार बढ्छ र गहिरो निद्रा लाग्न मदत गर्छ । राति सुत्नुअघि खुट्टामा मालिस गर्न सकिन्छ । यसो गर्दा शरीरलाई पनि आराम मिल्छ ।

हरियो चिया

हरियो चिया तनाव कम गर्न सेवन गर्न सकिन्छ । यस चियामा पाइने एन्टिअक्सिडेन्टले दिमागलाई शान्त बनाउँछ र रोगहरूबाट बचाउँछ । तनाव कम गर्न दिनमा एक कप हरियो चिया पिउनुहोस् ।

फोकस सेट गर्नुहोस्

तनाव कम गर्न तपाईं घरमा बसेर ध्यान गर्न सक्नुहुन्छ । यसो गर्नाले मानसिक शान्तिका साथै मनलाई पनि आराम मिल्छ । ध्यानले तनाव कम गर्छ र हटाउँछ पनि । दिनभर ध्यान गर्न समय अवश्य निकाल्नुहोस् ।

तनाव कम गर्न यी उपायहरू अपनाउन सकिन्छ । यद्यपि यी उपायहरू गर्नुअघि विशेषज्ञहरूको मदत पनि लिन सक्नुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।