खुला सिमाना र चुनौती

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

  • राजेन्द्रप्रसाद कोइराला

परिचय

भारत र नेपाल छिमेकी मुलुक हुन् र मित्रता र सहयोगको विशेष सम्बन्ध छ, जुन खुला सिमाना पारस्परिक सम्बन्ध र संस्कृतिको स्थायी सम्बन्धको विशेषता हो । भारतका पाँच राज्य–सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग नेपालको सीमा १८५० किलोमिटरभन्दा बढी लामो छ । लामो समयदेखि मानिसहरू विनारोकटोक एक देशबाट अर्को देश आवतजावत गरिरहेका छन् । दुई राष्ट्रबीच वैवाहिक सम्बन्धको माध्यमबाट घनिष्ठ सम्बन्ध छ, जसलाई बोलचालमा रोटी–बेटीको सम्बन्ध भनेर चिनिन्छ ।

नेपाल–भारत सीमा व्यवस्थापन र यसका चुनौती र अवसर

नेपाल एउटा भूपरिवेष्ठित सार्वभौम राज्य हो जुन द्रुततर विकासमा लागेका एशियाली देशहरू चीन र भारतजस्ता महाशक्तिसम्पन्न मुलुकहरूबीच अवस्थित छ । हिमालय पर्वत शृङ्खला उत्तरमा छ, र त्यहाँ नियन्त्रित सीमा प्रणाली छ । तर दक्षिणतिर खुला सिमाना प्रणालीका कारण न प्राकृतिक पर्खाल छ, न मानव निर्मित कुनै बार ।

नेपाल र भारतमा समयक्रमका सीमा व्यवस्थापनः

१. बन्द सीमा प्रणालीः यो प्राचीनकालमा सामान्य थियो, विशेषगरी १८१६ मा सुगौली सन्धि अघि तेस्रो देशका नागरिकहरूका लागि ।

२. नियन्त्रित सीमाः  यो १८१६ पछि भारतीय नागरिकहरूका लागि पनि स्थापित भयो ।

घ. खुला सिमानाः १८६० मा नयाँ क्षेत्रको पुनस्र्थापनापछि, बिस्तारै र सोच्दै नसोची  शुरू भयो । ब्रिटिश गोर्खा रेजिमेन्ट बनाउनुपर्ने थियो, तयार वस्तुहरू ब्रिटिश भारतले नेपाल हुँदै तिब्बतसम्म बेच्नु थियो र कच्चा पदार्थ (काठ, जडीबुटी, जनावरको छाला आदि) नेपालबाट आयात गर्नुपर्ने थियो । तथापि सीमा पार गर्न राहदानी वा अनुमति चाहिन्थ्यो । समय क्रममा राजनीतिक परिवर्तनसँगै खुला सिमानाको प्रयोग सामान्य भयो ।

नेपाल र भारतबीच अनौपचारिक खुला सीमा नियम अन्तर्गत अहिले १९ वटा प्रमुख सीमा नाका छन् । सीमा रेखामा कतै सोधपूछ नगरी दुवै देशका जनता सीमा पार गर्न स्वतन्त्र छन् ।

खुला सीमा नियमले निम्न विकल्प प्रदान गर्दछः

अन्तर्राष्ट्रिय सिमाना पार गर्न सजिलो । प्राकृतिक वा अन्य प्रकोपको समयमा द्रुत प्रतिक्रिया । उदाहरणका लागि नेपालको इलाम आगलागीको जोखिममा थियो । भारतको दार्जिलिङबाट तत्कालै गएको दमकलले आगो निभाएको थियो ।

चिकित्सा सेवा सुविधाः भारतीय सीमावर्ती बासिन्दालाई नेपालका सीमावर्ती अस्पतालहरूमा विनाबाधा उपचार व्यवस्था, र नेपालीहरू पनि विभिन्न स्वास्थ्य प्रयोजनका लागि उता जान्छौं ।

स्थानीय श्रमको आपूर्तिः

विनाप्रतिबन्ध, कुनै पनि सीमा नाका (भारत) बाट भारतीय मजदूर धान खेतमा काम गर्न नेपाल आउँछन् र नेपालीहरू पनि उता जान्छन् । आर्थिक नाकाबन्दी हुँदा काठमाडौं उपत्यकासँगै पहाडी तथा हिमाली क्षेत्रका जनतालाई जति समस्या प¥यो सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीले भोग्नुपरेको थिएन ।

चुनौतीहरू

सीमापार आतङ्कवाद

अगस्त १६, २०१३ मा दिल्ली पुलिसको विशेष सेलले अब्दुल करीम टुन्डालाई हिरासतमा लियो, जो लश्कर–ए–तैयबाका शीर्ष २० आतङ्ककारीहरूमध्ये एक थिए र उनलाई भारतमा सर्वाधिक  खोजिएको थियो ।

२८ अगस्त, २०१३ मा अधिकारीहरूले भारतको मोस्ट वान्टेड आतङ्कवादी संदिग्ध मध्ये एक यासिन भटकललाई नेपाल निकट भारतीय सीमामा पक्राउ गरे ।

भटकल इन्डियन मुजाहिद्दिनका सह–संस्थापक हुन्, भारतमा गैरकानूनी सङ्गठन र अमेरिकी सरकारको विदेशी आतङ्कवादी समूहको सूचीमा थिए ।  सह–संस्थापक र प्रतिबन्धित आतङ्कवादी समूह इन्डियन मुजाहिद्दीन (आइएम) को प्रमुख, यासिन भटकल, जसलाई सैयद मोहम्मद अहमद जरार सिद्दिबाप्पा पनि भनिन्छ, एक भारतीय इस्लामवादी आतङ्कवादी हुन् । जिहादी समूहले भारतमा धेरै अवसरमा नागरिकलाई लक्ष्य गरी आक्रमण गरेको थियो र यासिन २०१० पुणे विस्फोट, २०१०  बैंगलोर स्टेडियम बम विस्फोट, २०११ मुम्बई बम विस्फोट, २०१२ पुणे बम विस्फोट, र २०१३ हैदराबाद विस्फोटहरूमा आफैं संलग्न भएका थिए ।

अगस्त २८, २०१३ मा बिहारको रक्सौल इलाकामा रहेको भारत–नेपाल सिमानामा पक्राउ पर्नु अघि उनलाई एनआइएले खोजेको थियो । उनी २०१३ को हैदराबाद बम विस्फोटमा संलग्न थिए र हैदराबादको राष्ट्रिय अनुसन्धान एजेन्सीको विशेष अदालतले डिसेम्बर १९, २०१६ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।

सीमा वारिपारि हुने अपराध

नेपाल छिर्नु अघि भारतमा ३६ वटा अपराध गरेका भारतीय अपराधी बब्लु दुबेलाई नेपाल प्रहरीले २०१३ जेठ २९ गते पक्राउ गरेको थियो । लागू औषध ओसारपसार, मानव बेचबिखन, अनलाइन जुवा, आतङ्कवाद, साइबर अपराध, वित्तीय अपराध र सामान तथा उपकरणको ओसारपसार नेपाल र भारत दुवैले सामना गरिरहेका केही गम्भीर आपराधिक मुद्दा हुन् ।

अन्य देशका मानिसहरूको गोप्य घुसपैठः

– बङ्गलादेशका नागरिक अवैधरूपमा प्रवेश गर्न भारत–नेपाल बीच रहेको खुला  सिमाना प्रयोग गर्छन् । पाकिस्तान, अफगानिस्तान, इरान, भारत (उत्तर प्रदेश राज्य), आदिका नागरिक पनि यसैगरी नेपाल छिर्ने गर्छन् ।

त्यस्तै भूटान र म्यान्माका नागरिक गैरकानूनी रूपमा सीमा पार गर्ने गरेका छन् । काठमाडौंको ठमेल बजार वरिपरि एक वा दुई घण्टा खोज्दा त्यस्ता तेस्रो मुलुकका नागरिक बर्गेल्ती भेटिन्छन् ।

तेस्रो राष्ट्रबाट नेपाल हुँदै भारतमा नक्कली भारतीय नोटको ढुवानी ः

जून ७, २०१३ मा शेख मुहम्मदलाई नक्कली भारतीय नोट ९० करोड ५० लाखसहित गिरफ्तार गरियो । २०१२ जेठ २८ गते आसिन मियाँलाई बारा जिल्लाको सिमानामा रु ६९ लाख भारतीय करेन्सीका साथ गिरफ्तार गरियो ।

उत्तर प्रदेश एन्टी टेरर स्क्वाड (एटिएस) ले नेपालमा तैनाथ पाकिस्तानी इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) सँग सम्बन्ध रहेको नक्कली भारतीय नोट (एफआइसिएन) को एक संदिग्ध आपूर्तिकर्तालाई पक्राउ गरेको थियो । इमरान अहमद तेलीलाई लखनऊको कैसरबाग इलाकामा ५ लाखभन्दा बढीको एफआइसिएनसहित पक्राउ गरिएको थियो, नेपाली सीमा नजीकै रुपैडिहा क्षेत्रका लागि बस चढ्ने तयारीमा रहेका बेला उनलाई पक्राउ गरिएको थियो ।

सुन तस्करी ः

सन् २०१४ जेठ १९ गते नेपाल प्रहरीले भारतीय सिमानातर्फ जाँदै गरेको बसबाट तस्करीको सुनसहित रक्सौलका भारतीय नागरिक अमित सर्राफलाई पक्राउ गरेको थियो ।

व्यवसायी र उनीहरूका छोराछोरी अपहरणमाः

नेपालका प्रतिष्ठित उद्योगपति गङ्गा बिशन राठीलाई विराटनगरबाट अपहरण गरी भारतको सिलगुडी लगी अपहरण भएको २३ दिनपछि १० जनवरी २०१३ मा हत्या गरिएको थियो ।

नेपालका व्यापारी तुलसीराम अग्रवाललाई सन् २०१५ मा अपहरण गरी सीमापार ल्याइयो । फिरौती रकम दिएपछि मात्र उनी रिहा भएका थिए ।                     सन् २०१६ मा नेपाली व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न भएको आशङ्कामा नेपाल प्रहरीले दुई भारतीय अपराधीलाई पक्राउ गरेको थियो ।

बिहारको मोतिहारीका ३५ वर्षीय बब्लु पासवान र २५ वर्षीय विजय महतोलाई २०१९ मा पर्सा जिल्लाको भिस्वामा गिरफ्तार गरियो ।

नेपालले सामना गरिरहेको अर्को मुद्दा भनेको साना बन्दूक र बारूदको अवैध व्यापार, साथै भारतीय सीमामा चेलीबेटी बेचबिखन हो ।

भारतको हेपाहा प्रवृत्तिः

शनिवार, अगस्त १९, २०२३, द काठमाडौं पोस्टले उल्लेख गरेको छ–    नेपालले आयोजना रोक्न आग्रह गरे पनि भारत सरकारले खलङ्गाको महाकाली नदीमा तटबन्धको कामलाई निरन्तरता दिएको दार्चुलाको सीमावर्ती क्षेत्रका स्थानीय अधिकारीको दाबी छ ।

खलङ्गामा भारतले डिसेम्बर मध्यदेखि जिल्ला अस्पतालको चारैतिर तटबन्ध निर्माण गरिरहेको छ । २०१३ को बाढीको विनाशका बीच नदीको बाटो पूर्वतिर सर्दै गएपछि नेपाली अधिकारीहरूले नदी किनारमा अतिक्रमण गरेर तटबन्ध निर्माण भइरहेको आरोप लगाएका छन् ।

आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था कायम गर्ने, खुला सिमानाको समस्या समाधान गर्ने  र नेपाल–भारत सीमा  सुरक्षित बनाउन निम्न विकल्पलाई अघि बढाउन सकिन्छ ः

१. परिचयपत्र प्रणाली र ऋऋत्ख् क्यामेरा अनुगमन लागू गर्नुपर्छ ।

२. सिमानामा तारबार लगाउनुपर्छ ।

विश्वका बहुसङ्ख्यक राष्ट्रले अहिले परिचयपत्र प्रयोग गर्छन्, त्यसैले यो प्रणाली चरणबद्धरूपमा लागू गर्नु सुरक्षाको कारणले नेपाल र भारतका लागि उपयुक्त हुन्छ ।

नेपालबाहेक, भारतका सबै सीमावर्ती देशहरूले सिमानामा तारबार प्रणाली कायम गरेका छन् र नागरिकले आफ्नो परिचयपत्र देखाउन आवश्यक छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरको सीमा विवादः

रिपब्लिका राष्ट्रिय दैनिकले मे १०, २०२० मा निम्न कुरा उल्लेख गरेको छ ः

भारतको उत्तराखण्ड राज्यको दार्चुलालाई चीनको तिब्बत स्वायत्त क्षेत्र (टार)सँग जोड्न नेपाली भूभाग हुँदै महŒवपूर्ण लिंक सडक निर्माण गर्ने भारतको निर्णयप्रति विश्वभरका नेपालीले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूले सामाजिक सञ्जालमा भारतीय कदमको विरोध गर्दै नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्न भारतलाई आग्रह गरेका छन् । भारतले कालापानीमा नेपालको जायज दाबीलाई बेवास्ता गरिरहन सक्छ तर त्यसो गर्दा यसले नेपाललाई दुःखः, धोका, आक्रोशित गराउने छ । जताततै असन्तुष्टि फैलाउने छ ।

नेपालबाट भारतमा रेमिट्यान्स

अगस्त २४, २०२० को राष्ट्रिय स्तरको मासिक पत्रिका न्यू बिजनेस एजले प्रस्तुत गरेको प्रतिवेदन अनुसार भारतमा नेपाली आप्रवासी कामदारहरूले प्रत्येक वर्ष ठूलो रकम घर पठाउँछन् ।

निकटता, खुला सिमाना र साझा सांस्कृतिक सम्पदाका कारण भारत सधैं नेपाली श्रमिकहरूको लागि लोकप्रिय गन्तव्य बनेको छ । नेपाल पनि भारतीय मजदूरहरूको लोकप्रिय गन्तव्य हो । वास्तवमा भारतीय मजदूरले नेपालमा पाउने पारिश्रमिक भारतमा नेपाली कामदारले पाउनेभन्दा तीन गुणा बढी छ ।

विश्व बैंकको द्विपक्षीय रेमिटेन्स म्याट्रिक्सका अनुसार २०१७ मा भारतीय कामदारहरूले नेपालबाट कुल रु ३०२ अर्ब घर पठाएका थिए भने भारतमा रहेका नेपाली कामदारले रु १०२ अर्ब घर पठाएका थिए । भारतीयहरूका लागि विदेशबाट पैसा पठाउने शीर्ष १० स्थानमध्ये एक नेपाल हो ।

निष्कर्ष

आतङ्ककारी, अपराधी, मानव बेचबिखन तथा अन्य अप्राकृतिक तŒवहरूले खुला सिमानाको फाइदा उठाउँदै भारत र नेपालबाहेक दक्षिण एशियाली राष्ट्रहरूको शान्ति सुरक्षामा खलल पु¥याएको छ । यी र यस्ता कठिनाईलाई छिचोल्दै दुवै देशका जनताको हित र सुरक्षाका लागि दुवै सरकारको सहमतिमा नेपाल–भारत खुला सिमानालाई क्रमशः नियन्त्रित प्रणालीमा परिणत गर्नु आवश्यक छ र यो समयको माग पनि हो । 

चरणबद्धरूपमा, १,८८० किलोमिटर लामो अन्तर्राष्ट्रिय सिमानामा परिचयपत्र आवश्यक पर्ने र सिसिटिभी क्यामेराबाट अनुगमन गर्ने प्रणाली लागू गरिनुपर्छ । तर सरकार र व्यक्तिहरूबीच व्यक्तिगत स्तरमा लामो समयदेखि रहेको मित्रताका कारण भिसा प्रणाली लागू गर्न जरुरी छैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।