प्रस, वीरगंज, २८ कात्तिक/
वीरगंज उद्योग वाणिज्य सङ्घमा सञ्चालित १२ दिने साइड ब्याग बनाउने तालीम शुक्रवार सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका, उद्योग वाणिज्य सङ्घको सहकार्यमा लघु व्यवसाय विकास कोषद्वारा सञ्चालित तालीम समापन कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख शान्ति कार्कीले तालीमबाट मानिस दक्ष बन्ने र रोजगारविहीनलाई टेवा पुग्ने बताइन् । उनले महिला लक्षित तालीम महिला सशक्तीकरणको क्षेत्रमा पनि कोसेढुङ्गा साबित हुने बताइन् । उनले नारायणगढमा झोलाले ख्याति पाएसरह वीरगंज पनि झोलाको नामबाट चिनाउने काम हुनुपर्ने भन्दै सहभागीहरूलाई सुझाव दिइन् ।
कोष, पर्साका अध्यक्ष अरविन्द्र अमात्यको अध्यक्ष्ँतामा भएको कार्यक्रममा सहभागी फरला देवीले मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा चेली सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरेले स्वागत र वीउवासङ्घका मनोज उपाध्यायले सहजीकरण गरेका थिए । तालीममा १९ जना महिला सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here