प्रस, वीरगंज, २५ कात्तिक/
प्याब्सन पर्साले लकडाउन अवधिमा विद्यालय सञ्चालन नभएको शुल्क नलिने निर्णय गरेको छ।
प्यासन पर्साको आज बसेको बैठकले लकडाउनपछि असोज १ गतेदेखि विद्यालय सञ्चालन भएको हुनाले सोही अवधिदेखिको मात्र शुल्क लिने निर्णय भएको प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साहले बताए।
लामो समयदेखि विद्यालय बन्द हँुदा शिक्षकको तलब, घरभाडा, बिजुली बत्तीलगायतका शुल्क मिनहा नभएको हुँदा विद्यार्थीहरूसँग मासिक शुल्क लिने–नलिने विषयमा प्याब्सन पर्सासँग आबद्ध विद्यालयबीच मतान्तर थियो। प्याब्सनसँग आबद्ध केही विद्यालयले अनलाइन शिक्षा शुरू गरेको र शुल्क माग गरेकोमा बैठकले अभिभावक र विद्यालयबीच आपसी समझदारीमा सो समस्या समाधान गर्न सुझाएको छ।