प्रस, पोखरिया, २५ कात्तिक/
पर्सा जिल्लाको बजियानमा अहिले धानबाली काट्ने, भिœयाउनेसँगै गहुँबाली रोप्ने र दलहन तथा तेलहन खेती गर्ने कार्य शुरू भएको छ।
कतिपय किसानले धानखेती कटानी गरिसकेका छन् र गहुँ रोप्ने तरखरमा छन्।
केही किसानले धानबालीमैं दलहनखेती शुरू गरेका छन्। धानसँगै दलहनखेती गरिने यहाँ चलन छ। धान कटानी गरेका केही किसानले दलहनमा मुसुरो, खेसारी, तेलहनमा तोरी, आलस र तरकारी खेतीमा आलु रोप्दैछन्।
बजियानमा विन्ध्यवासिनी, पकाहामैनपुर, कालिकामाई, धोबिनी, छिपहरमाई, जगरनाथपुर गाउँपालिका र पोखरिया तथा बहुदरमाई नगरपालिका पर्छन्।
अहिले धानखेतीसँगै किसानहरूलाई गहुँ, तेलहन र दलहन खेतीका लागि मलको आवश्यक परेको छ तर किसानहरूले मल पाउन सकेका छैनन्। गाउँघरमा मल नपाएपछि उनीहरू अहिले भारतको इनर्वा, मैनाटार, सिकटा, भेलाहीलगायतका ठाउँबाट मल ल्याइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here