प्रस, वीरगंज, २३ कात्तिक/

महिलाहरूलाई आयआर्जनका लागि दिव्य युवा क्लबले दिंदै आएको कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा पटेर्वासुगौली गाउँपालिका–४ नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सात दिने अचार बनाउने तालीम आयोजना गरेको छ। क्लबले एक्शन एड नेपालको संयुक्त साझेदारीमा अधिकार कार्यक्रम अन्तर्गत २५ जना महिलालाई अचार बनाउने तालीम दिन शुरू गरेको हो।

महिलाहरूले घरमा बनाउँदै आएको अचार आधुनिक प्रविधि प्रयोग गरेर बढी समयसम्म प्रयोग गर्न सकिने विधिबारे जानकारी गराउने क्लबका कार्यकारी निर्देशक रमाकान्त पटेलले बताए। उनले गाउँटोलमा उपलब्ध करैला, मुला, खुर्सानी, लसुन, काउली, तथा मिक्स अचार बनाउन सिकाइएको जानकारी गराएका छन्। महिलाहरूको समूह बनाएर घुम्ती कोषको लगानी गर्ने र व्यावसायिकरूपमा अघि बढ्न इच्छुक महिलाहरूको सीप विकास तथा आर्थिक शक्तीकरणको लागि सहयोग गर्ने तालीमको उद्देश्य रहेको कार्यकारी निर्देशक पटेलले प्रस्ट्याए। सहभागीहरूलाई बिना दाहाल र विनयराज घिमिरेले प्रशिक्षण दिइरहेको उनले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here